यो धर्तीमा जन्मिएपछि कसै न कसैको साथ पाइन्छः रमेश प्रसाई

इलाम, ५ असोज । अनाथहरुको भविष्य अन्धकारसँग नै जोडिएको हुन्छ । तर सबै अनाथहरु पनि अभागी हुँदैनन् । उनीहरुको सुनौलो भविष्यका लागि सहयोगी हातहरु अघि बढिरहेकै हुन्छन । पूर्वी नेपालको इलाममा पनि यस्तै पवित्र सोंच राखेर एउटा अनाथलय खोलियो । चन्द्र हाङ्गखिम राईको संयोजकत्वमा बिनय तिम्सीना, नरेश श्रेष्ठ, महेश श्रेष्ठ र वुद्धमाया सोङमीको सदस्यतामा रहेको राहसल स्रोत व्यवस्थापन अभियान समितिले ४२ लाखको लागतमा निर्माण गरेको भवन शनिबार हस्तान्तरण गरिएको छ । दुई बालबालिकाबाट सुरु भएको अनाथलयमा अहिले १५ बालबालिका पुगिसकेका छन् ।

तर बालबालिकाको बढ्दो संख्यासंगै उनीहरुलाई बिभिन्न अभावहरु देखिन थाले । २०७५ साल फागुनमा निमार्ण शुरुगरेको भवन शनिबार हस्तातरण गरिएको हो ।भवन हस्तान्तरण कार्यक्रममा पव्लिक स्पीकर रमेश प्रसाई र सामाजिक अभियानता रञ्जीता गुरुङ अतिथि रहेका थिए । हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै रमेश प्रसाईले भने ‘यो पुण्यकाममा मलाई बोलाईएकोमा ज्यादै खुसी लागेको छ अन्यत्र अभियान चलाउन पैसा उठाउनको लागि हामीलाई वोलाईन्छ तर यहाँ त भवन निर्माण भई सकेपछि बोलाईएकोमा ज्यादै खुसी लागेको छ । उनले अगाडि भने ‘यहाँ जन्मिए पछि कोही पनि अनाथ हुँदैन कसैको कोही न कोहि अभिभावक हुन्छ नै त्यसैले यो अनाथ भन्ने शव्द शव्दकोषबाटै हटाईदिए राम्रो हुन्थ्यो ।

’कार्यक्रममा अर्का अतिथि रञ्जीता गुरुङले यस्तो महान काम गर्ने सवै सहयोगीहरु प्रति आभार प्रकटगर्दै बाल गृहको सञ्चालनमा कुनै कमी कमजोरी नहुने विश्वास व्यक्त गर्नुभयो । चन्द्र हाङ्गखिम राईको अध्यक्ष्यतामा भएको कार्यक्रमा अभियानमा सहयोगी दाताहरुलाई सम्मान पत्र दिएको थियो ।देश विदेशमा रहेका सहयोगीमनबाट सहयोग संकलन गरेर सो भवन निर्माण भएको संयोजक राईले वताएका छन् । साथै सहयोग समितिले अहिले आफुहरुसँग ३३ लाख मात्र रकम संकलन भएको र अन्य ३ लाख रकम दाताहरुले दिने भनेर प्रतिबद्धता जनाएको जानकारी दिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।