यिनै हुन् नारायणीमा हा’म फाल्ने उदार पौडेल , जसले हा*मफाल्नु अघि २ घण्टा प्रेमिकासँग यस्तो कुरा गरेका थिए

चितवन– असोज १ गते बुधबार । जब चितवनको भरतपुर–११, कैलाशटोलका २५ वर्षीय उदार पौड्यालले नारायणी पुलबाट हा*मफाले । त्यो दृश्य नियाल्दै थिइन् उदारकै प्रेमिका । ‘हे मेरो उदार… यो के गर्यौ तिमीले… मेरो उदार… यो के गर्यौ तिमीले…’ भन्दै ठूलो स्वरमा डाको छाडेको दृश्य नियाल्नेहरु पनि आँशु थाम्न सकिरहेका थिएनन् ।नारायणी नदीमा बे*पत्ता भएका उदार अझैसम्म फे*ला पर्न सकेका छैनन् । उनकी आमा अहिलेसम्म बेलाबेला अचेत हुन्छिन् । उदारकी प्रेमिकाको अवस्था पनि फरक छैन ।

उदारका छिमेकी तथा नयाँ किरण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेके पाण्डेका अनुसार उदार नारायणघाटको एक प्रतिष्ठित एटुजेट नामक मोबाइल सेन्टरमा काम गर्दै आएका थिए । उनी घ*टनाको तीन दिनअघि काठमाडौँमा एक साता बसेर फर्किएका थिए । काठमाडौँबाट फर्किएका उनी घरमा नगई दलदलेस्थित साथीको घरमा बस्न पुगे ।घ*टनाको दिन बिहान उनले आफ्नी प्रेमीकालाई फोन गरेर अ*न्तिम भेटका लागि आउन आ*ग्रहसमेत गरेका थिए । भरतपुरका हरेक सामाजिक क्षेत्रमा क्रि*याशील पाण्डे भन्छन्, ‘मैले ती युवतीलाई भेटेँ ।

उनीसँग बुझ्दा उनीहरुबीचको सम्बन्ध बिग्रेर हा*मफालेको बुझिएन ।घ*टनाको दुई घण्टा प्रेमीले बोलाएपछि प्रेमिका भेट्न पुग्छिन् ।’पाण्डेका अनुसार करिब २ घण्टासम्म देवदहमा उनीहरुसँगै बसेका थिए ।त्यहाँ उदारले नि*रासाका कुरा गर्दै नारायणीमा हा*म्फालेर ज्या*न फा*ल्ने कुरा गरेपछि प्रेमिकाले आफन्त र उदारका साथीहरुलाई फोन गरेर सम्झाउनका लागि बोलाउँछिन् । उनको आग्रह अनुसार एटुजेट मोइल सेन्टरमा काम गर्ने साथीहरु घ*टनास्थल आइपुग्छन् ।उनीहरुले नारायणी पुलमा उदारलाई भेटेर निकै सम्झा उँछन् ।तर दु*र्भाग्य !

उदारले घु*र्की मात्रै देखाउन खोजेको होला भन्ने साथीहरु र प्रेमिकाको सोचाइ ग*लत ठहरिन्छ । उदार जब नारायणीमा हा*म्फाल्न खोजे तब साथीहरुले तानेर जो*गाउन पनि खोजे । आफ्नो निर्णयबाट पछि नहटेका उदार अन्ततः जोगाउने प्रयास हुँदाहुँदै पनि हा*मफालेरै छाडे ।हामीसँगको भेटमा पाण्डेले उदार परिवारको विगत स्मरण गरे । ‘उदार र एक दिदीसहित उनका बाबु आमाका दुई सन्तान हुन् । उदार त्यस्तै ४, ५ वर्षको छँदा उनका बाबुले दोस्रो विवाह गरेर विदेशतिर गएर बस्न थाले । त्यसबेला उनको आमाको उमेर २०, २२ वर्षभन्दा थिएन ।

अहिले त्यस्तै ४० वर्ष उमेरकी आमाले दुई छोराछोरी हु*र्काएर बस्नुभएको थियो’, पाण्डे सम्झन्छन् ।आर्थिक रूपले नि*म्न परिवार भए पनि अत्यन्तै प्रतिष्ठित परिवारका रूपमा सबैले लिन्छन् उदारको परिवारलाई ।उदारको हा*ईफाई अलि बढी नै थियो । बुलेट बाइक चढ्थे उनी । परिवारसँग अफिसले दिएको भने पनि आफैले किनेका थिए । पछिल्लो चरण होटल खोल्ने तयारीमा रहेको रहेका थिए उदार ।भरतपुर महानगरपालिका वडानम्बर–११ स्थित कैलाश टोल विकास क्लबका अध्यक्ष तथा अगुवा समाजसेवी रवीन्द्र बरालले पछिल्लो चरण युवा युवतीहरुलाई इ*न्टरनेटले ए*कात्मक सोचको विकास गरेकै कारण आ*त्मह*त्याको क्रम बढेको बताउँछन् ।

बराल भन्छन्, ‘यो खबर दु*खद् छ । पछिल्लो पुस्तामा ए*कात्मक खालको सोच बढेको छ । इ*लेक्ट्रोनिक मिडियामा ह*राउन, परिवारलाई खु*लस्त नभन्ने र आफूले जे सोच राख्यो त्यसै गर्ने, यो राष्ट्रकै चि*न्ताको विषय बनेको छ । यसमा समाजका सबै पक्ष सचेत हुनुपर्ने देखिन्छ ।’ हाम्रो जि*ज्ञासामा उनले थपे, ‘मैले ती युवतीले उदार..उदार.. तिमीले यो के गर्यौँ भन्दै पटक पटक रुँदै चि*च्चाएको देखेको हुँ । पछि प्रहरी कार्यालयमा पनि रुँदै वि*क्षिप्त भएकी थिइन् ।मिल्ने साथी हामफाल्दा पी*डा हुनु स्वाभाविक हो ।’उदार पौड्यालको फेसबुकमा आमा र बहिनीबाहेक अन्य युवतीसँगै तस्बिर देखिँदैन ।

होली खेल्दा त्यस एटुजेट मोबाइल सेन्टरका केही केटी साथी र केटा साथीबीच सा*मूहिक तस्बिर खिचाएको बाहेक ती प्रेमिका भनिएकी युवतीसँग समेत सँगै तस्बिर खिचाएको देखिएन । उनी घुम्नमा शौ*खिन रहेको उनका तस्बिरहरुले पनि देखाउँछ ।उनले विभिन्न खेलबाट मेडलहरु पाएको पनि देखिन्छ भने दिदीको विवाहमा भावु*क हुँदै तस्बिर खिचेका छन् । छोरीको विवाहपछि एक मात्र छोरा उदारको विवाहको पर्खाइमा रहेकी आमा भने अहिले आँशुको पोखरीमा डु*ब्न बा*ध्य छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले घ*टनाबारे अनुसन्धान भइरहेको र बे*पत्ताको खोजी कार्य पनि जारी रहेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖