आजदेखि फरक प्रकारको १०० को नयाँ नोट बजारमा

काठमाडौं : नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो।

नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो । पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ) का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नक्कली नोटको बिगबिगी भएपछि नयाँ नोटको विशेष छपाइमा सावधानी अपनाएको छ । पछिल्लो समय छापिएका नयाँ नोटका विशेषतामा व्यापक परिवर्तन गरेको छ । नयाँ नोटमा सुरक्षा धागो, जनावरको चिह्न लगायतमा परिवर्तन गरेको हो। सयको नोटमा अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनले छामेर नोट पहिचान गरुन् भनेर एउटा कालो थोप्ला समेत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।