चितवनबाटै सिधै लाइभ ! अझै कति मान्छे मा’र्ने? ओम अ’स्पतालका एमडिलाई हाम्रो प्रश्न नै प्रश्न! (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई न्युज २४ टेलिभिजनको स्टुडियोबाट नभई चितवनबाट प्रत्यक्ष प्रसारण गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. ओम अस्प’तालको च’रम ला’परवाही– पत्थरीको श’ल्यक्रिया गर्दा बि’रामीको ज्या’न गयो

काठमाडौं । काठमाडौंको चावाहिलमा रहेको ओम अ’स्पतालमा पत्थरीको श’ल्यक्रिया गर्दा हरेक महिना जस्तो नै बि’रामीको ज्या’नको ग’एको घ’टना बाहिरिरहेका छन । पछिल्लो घटना शनिबारको हो । धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरुङ पत्थरीको श’ल्यक्रिया गर्न शुक्रवार हिंडेरै अस्पताल पुगिन् । चि’कित्सकले शनिबार श’ल्यक्रिया गरे, तर अनिताको ज्या’न गयो । चिकित्सककै ला’परबाहीका का’रण उनको मृ’त्यु भएको आ’रोपमा आफन्तले अस्पताल परिसरमा प्र’दर्शन गरे । ओम अस्पतालका युरोलोजिस्ट तथा प्रोफेसर डाक्टर भोलाराज जोशीले अनिताको अ’परेशन गरेका थिए । आफन्तका अनुसार अस्पतालले सामान्य श’ल्यक्रिया गर्ने भनेको थियो । अनिता पनि हाँसी–हाँसी अप्रे’शन थि’एटर छिरेकी थिइन् ।

२. भरतपुर अ’स्पताल परिसरमै फोहोरको डङ्गुर, डें’गुको जो’खिम !

चितवन । अस्पताल जाँदा तपाईहरु कहिल्यै नाक थुनेर पस्नु भएको छ ? तर चितवनको भरतपुरमा रहेको भरतपुर केन्द्रीय अस्पतालमा जानुभयो भने नाक नथुनी बस्न सक्नु हुन्न ! ६ सय बढी शैयाबाट सेवा प्रदान गर्ने अस्पतालको अहिले कन्तवि’जोक छ । अ’स्पतालको सबैतिर फोहरै–फोहर भेटिन्छ । उपचारका लागि अस्पताल पुग्नेले अर्को रो’ग थपेर फर्कनु पर्ने ख’तरा उस्तै छ । अस्पताल भवनमा टाँसिएका ढल र अस्पतालजन्य फो’हर संकलन गर्ने ठाँउमा व्यवस्थित नहुँदा फोहोर गन्हाएर बसीसक्नु छैन । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालको फोहर व्यवस्थापन गर्न नसकेको स्विकार गर्छन् ।

३. चितवनका कृषकको गुनासो– सयौँ विघामा लगाइएको धानमा बाला लागेन

चितवन । चितवनका कृषकहरु धानमा रोपको ३ महिनासम्म पनि बाला नलागेपछि निरा’श बनेका छन् । उनीहरुले भारतको हैदाराबादमा रहेको रेनोभा सिड्स साइन्स ईण्डिया प्रा.लि.बाट नेपालको दाङमा रहेको सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले मार्केटिङ तथा प्याकिङ गरेको गरिमा जातको धान खरीद गरेका थिए । चितवनका एग्रोभेटले १३ हजार ४ सय किलो गरीमा जातको धानको बीउ बिक्री गरेका थिए । यो बीउले करीब १८ हजार कठ्ठालाई पुग्छ । विगत ५ वर्षदेखि गरिमा जातको धान रोप्दै आएका कृषकले अहिले बाला नलागेपछि नक्कली धान प्याकिङ गरी विक्री गरेको खुल्न आएको छ ।

४. एपे’न्डिक्स भनेर शैयामा राखिएकी बि’रामीको पाठेघरको श’ल्यक्रिया !

पोखरा । कुनै पनि बिरामीको श’ल्यक्रिया पूर्व आवश्यक चाँज गरेर बि’रामी तथा आफन्तको सहमतिमा मात्रै श’ल्यक्रिया हुनेगर्छ । श’ल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बि’रामीलाई एपे’न्डिसाइटिस भएको बताएर पाठेघरको श’ल्यक्रिया गरेको घटना बाहिर आएको छ । पोखराको नयाँ गाउँका सुरज थापाकी श्रीमती सबिता राई थापाले कोखा दु’खेका कारण फेवासिटी अस्पतालको इम’रजेन्सीमा जाँ’च गराइन् । त्यहाँ भएका डाक्टरले उनलाई एपे’न्डिक्स भएको र तत्काल अ’परेसन गर्नुपर्ने सुझाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।