दरो घर दिगो बस्ती भूकम्पीय जो’खिमयुक्त नेपालको लागि अपरिहार्य 

कुश्मा : नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यान्वयन कार्यलाई सघाउनेमध्येको एक कार्यको रुपमा “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यान्वयन लागि नगरपालिकासंग सम्बद्ध बिभिन्न क्षेत्रमा जन चेतना जगाउने र प्राबिधिक ज्ञान दिलाउने अभिप्रायले भू’कम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) र कुश्मा नगरपालिका बीच संझौता पत्रमा हस्ताक्षर भै सहकार्य गर्ने किसिमले अगाडि बढन प्रतिबद्धता जनाइएको छ ।

संझौता पत्रमा कुश्मा नगरपालिकाका तर्फबाट मेयर राम चन्द्र जोशी र भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) तर्फबाट सूर्य नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन ।

कार्यक्रममा बोल्दै मेयर जोशीले जापान भ्रमणका क्रममा त्यहाँका भू’pकम्प प्र’तिरोधात्मक भवनहरु देखेर प्रभाबित भएको तर नेपाल जस्तो भू’कम्पीय जो’खिमयुक्त देशको कुश्मा जस्तो नयाँँ नगरपालिकामा जनताको ज्यानको सुर’क्षा मानिने घर कसरी बलियो र सुर’क्षित बनाउने भन्ने बिषयमा कार्यरत यस्तो महत्वपूर्ण परियोजना ल्याउन महत्वपूर्ण भूमिका निर्बाह गरिदिएकोमा नगरपालिकाको तर्फबाट वरिष्ठ इन्जिनियर रामकुमार श्रेष्ठप्रति आभार प्रकट गर्नु भयो ।

वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठले विकसित देशहरुमा जनताको सुर’क्षाको लागि सरकार कतिसम्म सं’बेदनशिल हुन्छन भन्ने उदाहरणहरु दिंदै भू’कम्पीय जो’खिमका दृष्टिकोणले अत्यन्तै सं’बेदनशील नेपालको काठमाण्डौं उपत्यकामा नै जो’खिमपूर्ण टेका लगाएर बसिएका घरहरु थुप्रै भेटिएकाले कुश्मा जस्तो नयाँँ नगरपालिकामा भू’कम्पीय सु’रक्षा अभिवृद्धिका लागि शहरी विकासको प्रकृया एवं घर तथा संरचनाहरुको निर्माणमा भू’कम्पीय सु’रक्षाको अवधारणालाई समाहित गर्न यो कार्यक्रम ल्याउन लागि परेको बताउनु भयो ।

भूक’म्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) का प्रोग्राम मैनेजर स्टक्चरल इन्जिनियर सुमन प्रधानले अन्य ३० नगरपालिकामा गरेका कामका आधारमा देखा परेका सकारात्मक परिणाम र नगरपालिकासंग के कसरी सहकार्य गर्न सकिने भन्नेबारे प्रस्ट पार्नु भयो । कार्यक्रममा उपस्थित जिज्ञासुहरुद्धारा सोधिएका प्रश्नहरुको पनि उहाँले जबाफ दिनु भएको थियो ।

नगरपालिकाका इन्जिनियर सञ्जय लामिछानेले पर्याप्त प्राबिधिक जनशक्तिको अ’भावका बाबजुद पनि नगरपालिकाले अहिलेसम्म १५७२ वटा नक्सा पास प्रकृया पुरा गरेर गरिसकेको र करीब १५० जति नक्सा पास हुने प्रकृयामा भएको जानकारी दिंदै नगरपालिकामा बिद्यमान प्राबिधिक जनशक्तिको यो कार्यक्रमसंग सम्बन्धित क्षेत्रमा क्षमता अभिबृद्धि गर्ने काममा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधिका रुपमा कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले नगरपालिका आएपछि बनिसकेका पुराना घरहरुलाई कानून छ भन्दैमा बल मिच्याइं गर्न पनि नमिल्ने, नगरपालिका सर्बसाधारणको लागि हाउगुजी बनिराखेको सन्दर्भमा यस्तो बातावरण हुन महत्वपूर्ण खेलिनुपर्ने धारणा राख्नु भयो ।

प्रशासकिय अधिकृत ध्रुब राज पौडेलद्धारा सन्चालन गरिएको उक्त कार्यक्रमको समापन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीताकुमारी काफ्ले लामिछानेले बिशेष गरी कुश्मा नगरपालिका जस्तो नगरपालिकाको लागि अत्यन्तै उपयोगी साबित हुने यस्तो कार्यक्रम आएकोमा खुशी ब्यक्त गर्दै नगरपालिकाप्रतिको नकारात्मक धारणाको हाउगुजी न्यू’निकरणमा समेत यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्ने विश्वाश ब्यक्त गर्नु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी पंगेनी, अधिकांश वडाका वडा अध्यक्षहरु, बिभिन्न संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।