जुम्लाका किसानलाई ‘मा’र्सी धान’ भि’त्र्याउन भ्याइ-नभ्याई

महोन शाही, जुम्ला । जुम्लामा अहिले कृषकहरुलाई मार्सी धान भित्र्याउन कृषकहरुलाई भ्याइ नभ्याइ छ । हिमाली क्षेत्रमा मात्र फल्ने काली मार्सी धान पाक्ने समय भएकोले पनि कृषकहरुलाई मार्सी धान भित्र्याउन भ्यान नभ्याई भएको हो ।

जुम्लाको पुख्यौली अन्नबालीको रुपमा रहेको काली मार्सी धान अहिले जुम्लाका अधिकांश खेती योग्य जमिनमा लगाइएको छ । पाक्नका लागि लामो समय लाग्ने भएकोले केही समय जुम्लामा मार्सी धान लगाउन छोडिएको थियो । तर अन्य उत्पादनहरु राम्रो सँग हुन छोडेपछि फेरी कृषकहरु मार्सी धानतर्फ नै आकर्षित हुन थालेका हुन् ।

प्राचिनकालमा गुरुचन्दननाथ बाबाले तातोपानी गाँउपालिकाको लाछु ज्यूलाबाट लगाउन थालिएको मार्सी धान अहिले पुरै जिल्लामा लगाइन थालेको हो । खानका लागि निकै स्वादिलो र पोसिलो भएकाले यसको माग पनि बजारमा पनि उच्च छ । कालि मार्सीको राम्रो बजार भएकाले धान बिक्रि गरी घर खर्च समेत चलाउन सजिलो हुने कृषकहरुको भनाई छ ।

अहिले जुम्लाका कृषकले एक किलो मार्सी चामलको एक सय ५० रुपैँयामा बिक्रि गरिरहेका छन् । देशका अन्य शहरमा प्रति किलो पाँच सयसम्म पनि मार्सी धान बिक्रि हुने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।