देउसी भैलोबाट २८ लाख सङ्कलन, रकम गाँउको विकासको लागि ख’र्च गरिने
म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख, तल्लो शिख,फलाटे,स्वाँत र किन्दुबाट पोखरामा बसोवास गर्दै आएका व्यक्तिहरुको साझा संस्था शिख्तानी पुन समाज पोखराले गाउँको विकासका लागि पोखरामा देउसी भैलो खेलेर २८ लाख रुपैयाँ संकलन गरेको छ । आँफू जन्मिएको गाउँमा विद्यालय,मठमन्दिर,बाटो र चौतारी निर्माणका लागि पोखरामा देउसी भैलो खेलेर २८ लाख रुपैयाँ संकलन भएको शिख्तानी पुन समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजा पुनले जानकारी दिए।
अध्यक्ष पुनले दिएको जानकारी अनुसार पोखरामा देउसी भैलो खेलेर संकलन भएको रकमले म्याग्दीको शिख गाउँका विभिन्न टोलमा वाटो,मठ मन्दिर र चौतारी निर्माण गर्नुका साथै ग’रिबका छोराछोरी र जेहेन्दार विद्यार्थीलाई छात्र वृत्ति प्रदान गर्ने उद्धेश्य रहेको छ। विगतमा पनि समाजले पोखरामा रहेका म्याग्देली हरुबाट सहयोग संकलन गरी गाउँको विकासका लागि विभिन्न किसीममा पूर्वाधार निर्माण तथा परोपकारी कामहरु गर्दै आएकोमा अहिले त्यसैको निर न्तरताका लागि देउसी भैलो खेलेर रकम संकलन गरिएको अध्यक्ष पुनले बताए।
त्यसका साथै युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न किसीमका रोजगार मूलक कामका लागि अत्यन्तै न्यू’न र सरल व्या’जमा क’र्जा लगानी गर्ने उद्धेश्य पनि रहेको पुनको भनाइ छ। कार्तिक ८ गतेदेखि पोखराको नदीपुरबाट शुरु गरिएको देउसी भैलोबाट १२ गतेसम्म २८ लाख १४ हजार रुपैयाँ संकलन भएको र सो रकम म्याग्दीको शिख गाउँको विकासका लागि ख’र्च गरिने शिख्तानी समाज नदीपुर क्षेत्रका अध्यक्ष पेशबहादुर पाइजाले बताए। रासस


