यी ७१ वर्षीया वृद्धाको प्याराग्लाइडिङ्ग सामाजिक सञ्जालमा भा’इरल !
काठमाडौं : प्याराग्लाइडिङ्ग भन्ने बित्तिकै हतपत धेरै मानिसले आँट गर्दैनन् । अझ बालबालिका वा वृद्ध उमेरका मानिसले यसको कल्पना समेत गर्न सक्दैनन् । हजारौ फिटको उचाईमा उड्नु निकै चु’नौतीपूर्ण हुन्छ । तर विश्वमा केही यस्ता मानिस पनि छन्, जसले उमेर वा शारीरीक बनावटलाई ह’वाला दिदै चुनौतीको सामना गर्दछन् ।
भारतमा यस्तै एक घटना भएको छ । सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा ७१ बर्षिया वृद्ध महिलाले प्याराग्लाइडिङ्ग गरेर उमेर केही चिजको बाधक नहुने साबित गरेकी छन् । भारतको बिलासपुरकी बासिन्दा ७१ वर्षीया संतोष मिश्राले हजारौं फीटको ऊंचा ईमा प्याराग्लाइडिङ्ग गरी विश्वलाई चकित पारेकी हुन् ।
छोराको जन्मदिनको अवसरमा परिवार सहित भ्रमणका लागी भारतको कुल्लू पुगेकी संतोषले प्याराग्लाइडिङ्ग गर्न रहर राखिन् । प्याराग्लाइडरले उचाई धेरै हुने भएको तथा वृद्ध उमेरकी ब्यक्तिलाई जोखिममा हुने भन्दै उनलाई उडाउन मानेनन् ।तर संतोषले आफुमा प्याराग्लाइडिंग गर्ने रहर रहेको भन्दै अड्डि कसिन् । अन्तत प्याराग्लाइडरले उनलाई परिवारको सहमतीमा उडाए ।
प्याराग्लाइडिंगका क्रममा संन्तोषको अनुहारमा कुनै हतास थिएन । बरु हजारौ फीटको उचाईमा पनि युवाले झैँ आनन्द लिइरहेकी थिइन् । उनको उडानका क्रममा मैदानमा रहेका धेरैले उनलाई साथ उनको हिम्मतका लागी तालि बजाएर स्वागत गरेका थिए। सामा जिक सञ्जालमा भाइरल भएको भिडियोमा उनको साहसलाई निकैले स्रहाना गरेका छन् ।


