रङ्गशाला निर्माणका लागि व्यक्तिगत ५ लाख आर्थिक सहयोग गर्ने समाजसेवी ईशा गुरुङको घोषणा
काठमाडौं। विदेशमा बस्दै आउनु भएकी समाज सेवी ईशा गुरुङले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ। उक्त कुरा समाज सेवी सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो आफिसिय फेसबुक पेजमा जनाउँदै यस्तो लेख्नु भएको छ:
“प्रवासमा रहेर पनि नेपालका लागी निरन्तर सामाजिक काममा सक्रिय समाजसेवी आदरणिय दिदी ईशा गुरुङ्गले जनस्तरबाट निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी ५लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएकोमा हामी निकै खुसी छौं । आदरणिय दिदीले धुर्मुुस सुन्तली फाउण्डेशनको हरेक परियोजनामा स्वस्फूर्त सहयोग गर्दै आउनु भएको छ ।
नेपालका लागी अनि नेपाली खेलाडीहरुको भविष्यको लागी निर्माण गर्न लागिएको यस परियोजनाका लागी सहयोग गर्ने प्रतिबद्धता गर्नुभएकोमा दिदी ईशा गुरुङ्गलाई हार्दिक धन्यवाद ।यस राष्ट्रिय गौरवको परियोजनामा सम्पुर्णलाई आ-आफ्नो स्थानबाट जोडिनुभई यस परियोजना सम्पन्न पार्न सहयोग गरिदिनुहुनेछ भन्ने आशा गर्दछौं ।”


