मन्त्री बाँस्कोटाले भने,- सीमानामा खु कुरी नचाएर विवाद समाधान हुँदैन

काठमाडौं, २७ कार्तिक । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सीमामा गएर खु कुरी नचाउँदै सीमा विवाद समाधान नहुने बताएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

भारतसँगको सीमा विवादबारे सरकारले कुटनीतिक रुपमा पहल गर्ने पनि उनले विश्वास दिलाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अत्यन्तै राम्रो सम्बन्ध रहेकोले यो विषय कुटनीतिक रुपमा हल गरिने पनि उनले जनाए ।

तर, विवादलाई सडकमा उछाल्न नहुने उनको सुझाव छ । सरकारले राजनीतिक र कुटनीतिक माध्यमबाट विवाद समाधानको लागि पहल गरिरहेको पनि उनले विश्वास दिलाए । प्रधानमन्त्री ओलीले उक्त विषयमा भारतीय समकक्षीसँग कुराकानी तथा वार्ता गर्ने बाँस्कोटाले जनाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।