राष्ट्रिय युवासघ नेपाल बाँके जिल्लाको अध्यक्षमा कुश्माखर बस्याल

राष्ट्रिय युवासघ नेपाल बाँके जिल्लाको अध्यक्ष पदमा कुश्माखर बस्याल मनोनयन भएका छन् । युवासंघका सचिव रहेका वस्याललाई अध्यक्ष पदमा मनोनयन गरिएको हो ।

आज बसेको राष्ट्रिय युवासंघ केन्द्रिय समितिको बैठकले मुलुकभरका युवासंघ गठन गर्ने क्रममा बाँकेको अध्यक्ष पदमा बस्याललाइ मनोनयन गर्ने निर्णय गरेको हो । यस अघि चयन भएको किशोर थापा अध्यक्ष रहेको समितिमा वस्याल अत्याधिक मतले सचिवमा निर्वाचित भएका थिए ।

तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादीको युवासंगठन मिलेर बनेको नेकपाको रास्ट्रीय युवा संघमा बस्याललाई अध्यक्षमा मनानयन गर्न सहमति जुटेको थियो । जिल्ला अध्यक्षका रुपमा मनोनयन भएको खबर बाहिरिएसंग बस्याललाई सामाजिक सञ्जाल मार्फत वधाई दिनेहरुको ओइरो लागेको छ ।

स्याङ्जामा जन्मिएका बस्याल बाँकेमा वसाई सरेर आएपछि सानै उमेर देखि राजनीतिमा चासो राख्थे । राजनीतिमा चासो राख्ने बस्याल तत्कालिन नेकपा एमालेको युवा संघको क्षेत्रिय सचिवका रुपमा संगठनमा आवद्ध भएका थिए । युवा समितिमा उनले देखाएको सकृयताका कारण सोही कमिटिमा अध्यक्षको रुपमा भूमिका निर्वाह गरे । तत्कालिन नेकपा एमालेका केन्द्रिय सदस्य समेत भएका नेता देवराज भारवाट २०६४ सालमा बाँकेमा पार्टी सदस्यता लिएका थिए ।

उनी अहिले नेकपाको कोहलपुर नगर कमिटिका सदस्यका रुपमा पनि पार्टीमा सकृय छन् । पार्टीलाई अप्ठेरो पर्दा होस् वा संगठन विस्तार गर्न होस बस्यालको सक्रिएता लोभलाग्दो देखिन्थ्यो । युवासंघको संगठन विस्तार, युवाका मुद्धा उठान गर्ने काम देखि लिएर सामाजिक रुपमा पनि उत्तिकै सकृय छन् ।

बाँकेमा सामाजिक अभियन्ताको रुपमा पनि परिचय बनाएका बस्याल मिलनसार स्वभावका भएका कारण पनि पार्टीकै फरक गुटका युवाहरुले पनि उनलाई मन पराउँछन् । पार्टीगत काम देखि लिएर स्वास्थ्य क्षेत्रमा पनि उनको उत्तीकै योगदान छ । युवासंघका तर्फवाट रक्तदान कार्यक्रम गर्ने, नगर सरसफाई लगायतका काममा उनको सकृयता देख्न सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।