देउवाको क डा निर्देशन,- भारतवि’रुद्ध नाराजु’लुश नगरौं

काठमाडौं, २८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका भातृ संगठनका नेताहरुलाई भारतविरुद्ध सडकमा नारा जुलुश नगर्न कडा निर्देशन दिएका छन् । पछिल्लो समय लिपुलेक र कालापानीको सीमा विवादबारे नेपाल विद्यार्थी संघले ठाउँ ठाउँमा नारा जुलुश गरेर भारतको विरोधमा प्रदर्शन गरिरहेको छ ।

यो बीचमा देउवाले पनि भारतविरोधी आन्दोलन र संघर्षलाई जारी राख्न निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हालै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा भारतसँग कुटनीतिक रुपमा सीमा विवादको समाधानको लागि पहल गरिने र यसको लागि सबै दल एकमत हुने निश्कर्ष निकालेपछि देउवाले अब भारतविरोधी आन्दोलन नचर्काउन नेविसंघका नेताहरुलाई निर्देशन दिएका हुन् ।

स्रोतकाअनुसार आजमात्रै पनि देउवाले आफूनिकटका नेताहरुसँग छलफल गरेका थिए । उनले भारतकोभन्दापनि सरकार विरुद्धमा उत्रिनुपर्ने निश्कर्ष निकालेका हुन् ।

भारतले हालै निकालेको नयाँ राजनीतिक नक्शामा लिपुलेक र कालापानी क्षेत्र आफ्नो नक्शामा पारेपछि नेपालमा भारतको विरुद्धमा सबै दल, यसका भातृ संगठनहरुले आन्दोलन गरिरहेका छन् ।

संसदीय समितिमा पनि यसबारेमा छलफल भैरहेको छ । सरकारले कुटनीतिक माध्यमबाट भारतसँग कुरा गरेर विवाद हल गर्ने आश्वास दिँदै आएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्ने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।