कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा
काठमाडौं । शिक्षक सेवा आयोगले कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा गरेको छ । शिक्षा विकास निर्देशनालय धनकुटाले एक सूचना निकाल्दै कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा गरेको जनाएको छ ।
बढुवाका लागि निवेदन पर्न आएका उम्मेद्वाराहरु मध्ये शिक्षक सेवा आयोगको नियमावली २०५७ को परिच्छेद ४ को उपनियम ३३ बमोजिम सबैभन्दा बढी अंक ल्याउने उम्मेदवारहरुको बढुवा गरिएको सूचनामा उल्लेख गरिएको छ ।



