चौकीबाट भा’ग्ने क्रममा सैनिक जवानको मृ’त्यु

चितवन, १ मङ्सिर । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हा मफालेर भाग्ने क्रममा एक जनाको मृ त्यु भएको छ।

इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आइतबार मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए। कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घा इते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आइतबार बिहान भरतपुर अस्पतालमा मृ त्यु भएको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घ टनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नि यन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हा मफा लेका थिए। घर बिदामा आएको समयमा मा दक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आइतबार बिहान प्रहरीले प क्राउ गरेको थियो । इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दु र्व्यव हार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भ नाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

चौकीका एक प्रहरी शौ च गर्न गएका समयमा अर्का प्रहरीलाई ध केलेर उनी हा मफा लेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।