भ्रष्टाचारीलाई खोजी-खोजी अख्तियारमा बुझाउने अभियान चलाउनुपर्छ : सांसद बस्नेत

काठमाडौँ, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले युवा संघ आश लाग्दो, भर लाग्दो र भ्रष्टाचारी, विभिन्न प्रकारका अपराधीको लागि डरलाग्दो हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद बस्नेतले युवा संघका नेता तथा कार्यकर्ताले भ्रष्टाचारीलाई खोजी-खोजी अख्तियारमा बुझाउने अभियान देशभर सञ्चालन गरी राज्य तथा जनताको महत्वपूर्ण जिम्मेवारी भएको संगठनको रुपमा स्थापीत गर्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

लोकतान्त्रीक मुलुक नेपालमा संविधान तथा कानुन भन्दा माथि कोही नरहेको उल्लेख गर्दै उहाँले कानुन तथा प्रहरी प्रशासनलाई साथमा लिई देशमा भएका भ्रष्टाचार, अनियमितता, हिंसा, विभिन्न प्रकारका अपराधलाई न्युनिकरण गर्न विशेष भूमिका युवा संघले गाउँ गाउँ वस्ती वस्तीमा अभियान चलाउनु अहिलेको अनिवार्य आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कानुनलाई हातमा लिएर हैन, कानुनलाई साथमा लिएर पार्टी तथा सरकारको रक्षाको निम्ती युवा संघले सकारात्मक प्रतिकारात्मक रुपमा अघि बढ्नुपर्छ । बगेको नदीलाई बाँध लगाई सहि बाटोमा लगे जस्तै देशका सवै युवालाई बाँध लगाई अघि बढ्न युवा संघले विशेष भूमिका खेल्नु पर्छ ।’

पद नपाउन्जे आक्रोस बढ्ने र पद पाएपछि लोभ बढ्ने केही नेता तथा कार्यकर्तामा देखिने गरेको बताउँदै उहाँले संगठनको लागि पार्टीले दिएको निर्देशनको आधारमा महाधिवेशनले गरेको निर्णय सवैले मान्नुपर्ने र काम गर्दै मातहतको पार्टी कमिटीसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

क्रान्तिको नेतृत्व कम्युनिष्ट पार्टीले गर्ने र सहायक शक्तिको रुपमा युवा रहेको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले यवामा अध्यशिलता, क्रियाशिलता, लगनशिलता हुनु अपरिहार्य रहेको औल्याउनुभयो । संगठनमा ठाडो र तेर्सो नीतिलाई अवलम्बन गर्नु अनिवार्य रहेको बताउँदै उहाँले जस्तोसुकै चुनौतिको सामना गर्न सक्ने नै युवा रहेको स्पष्ट पार्नुभयो ।

संगठनमा उमेर हदलाई कडाईको साथ लागु गर्नुपर्नेमा जोड दिँदै उहाँले युवा संघमा अराजक गतिविधि गर्नेलाई कसैको अनुहार नहेरी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । युवा उत्पादनमा लाग्दै राज्यलाई कर तिर्ने र देशको अर्थतन्त्रलाई फेर्ने बाटोमा युवा संघका भावि योजनाहरु हुनुपर्नेमा जोड दिँदै उहाँले सूचना प्रविधिको सहि रुपले प्रयोग गरी समाजको रुपान्तरण गर्दै समाजवादमा पुग्ने आधार तयार पार्नुपर्ने उल्लेख गर्नुभयो ।

संघका नेता तथा कार्यकर्तामा काम, व्यवहार र आचरणबाट नै नेतृत्वको छनौट हुने उल्लेख गर्दै उहाँले संघमा तथा संघका नेता कार्यकर्तामा रहेको चुनौतिलाई अवसरको रुपमा परिणत गर्नुपर्ने बताउनुभयो । सत्रुको अनुहार हेर्नुपर्यो भने दाजुभाईको अनुहार हेर्नु भन्ने भनाइ रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘संगठनका नेता तथा कार्यकर्ताले आन्तरिक क्षमताको विकास गर्नुस्, नेतृत्व सम्हाल्दै जानुस् । दाजुभाईको अंशबण्डामा भएको झगडा निक्कै ठूलो जस्तो हुन्छ तर अंशबण्डा मिलेपछि सवैभन्दा नजिकको एकता हुन्छ, हार्दिकता हुन्छ । त्यसैले युवा संघ र वाइसिएलको एकता पनि त्यस्तै हो ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।