विकासका कार्य अगाडि बढाउन कटिबद्ध छु : मन्त्री मगर

काठमाडौं । खानेपानीमन्त्री बीना मगरले जिल्लाको विकासका लागि कटिबद्ध रहेको बताउनुभएको छ । पुनर्वास नगरपालिकास्थित लोकतान्त्रिक मार्गको आज अनुगमन गर्दै उहाँले चाँडै सो मार्ग कालोपत्र गरिने उल्लेख गर्नुभयो ।

“दोदा नदीको पुल साँघुरो भएकाले त्यसको स्थानमा अर्को पुल निर्माण गर्छौँ”, मन्त्री मगरले भन्नुभयो, “तत्काल काम अगाडि बढाउँछु ।” हुलाकी मार्गको कार्य दु्रत गतिमा अगाडि बढाउनका लागि भौतिक मन्त्रालयसँग छलफल भइसकेको उहाँले बताउनुभयो ।

लोकतान्त्रिक मार्गले पुनर्वास नगरपालिका–७, ८ र ९ सँगै प्रदेश राजधानी धनगढीसँग जोड्नेछ । दोदा पुलदेखि पुनर्वास–७ सम्म करीब चार किलोमिटर लामो सडक हाल साँघुरो र कच्ची छ ।

सडक डिभिजन कार्यालयका इञ्जिनीयर अर्जुनकुमार बमले पुनर्वास नगरपालिकाले लोकतान्त्रिक मार्गका लागि डिपिआर तयार गरेको भए पनि त्यो वर्तमानमा काम नलाग्ने भएकाले अर्को डिपिआर तयार पार्नुपर्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।