नेपाल ट्रष्ट जग्गाको सं रक्षणमा ख टिएका सु रक्षा गा र्ड क ब्जामा, दुई घण्टापछि उ द्दार

-रमेश गिरी

भक्तपुर– नेपाल ट्रष्टका नाममा रहेको सल्लाघारीस्थित कित्ता नं ५४० को १०८ रोपनी दुई आना एक पैसा क्षेत्रफल जमीनको सुरक्षाका लागि राखिएको सुरक्षा गार्र्डलाई भक्तपुर नगरपालिकाले कब्जामा लिएर धम्की दिएको छ ।

ट्रष्टले आफ्ना नाममा रहेको जग्गाको संरक्षण गर्ने भन्दै मङ्सिर १ गतेदेखि लागू हुने गरी अस्थायी पोष्ट स्थापना गरेर सुरक्षा गार्र्ड राखेपछि नगरपालिकाले आज तिनलाई जबर्जस्ती नगरपालिका लगी कब्जामा राखेर धम्की दिएको ट्रष्टले जनाएको छ ।

ट्रष्टका सञ्चालक समितिका सदस्य सचिव राजेश्वर ज्ञवालीले ट्रष्टको जग्गा संरक्षणका लागि राखिएका सुरक्षा गार्र्डलाई आज नगरपालिकाले खटाएका करीब १६ जनाको सङ्ख्यामा आएका व्यक्तिले नगरपालिका लगेर दुई घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरी नियन्त्रणमुक्त गरेकोे जानकारी दिए ।

उनले २४ घण्टा सुरक्षा गार्ड तैनाथ गर्ने गरी ट्रष्टले गोरखकाली सेक्युरिटीका तीन सुरक्षाकर्मीलाई परिचालन गरेकामा आज ड्युटीमा रहेका आशिष बमलाई नगरपालिकाले नियन्त्रणमा लिएर धम्क्याएको उनको भनाइ थियो । सुरक्षाकर्मीलाई नगरपालिकाले कार्यालयमा लगेर नियन्त्रणमा लिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख सविन प्रधानलाई जानकारी गराइएपछि सुरक्षागार्ड बमलाई प्रहरीले उद्धार गरी नियन्त्रणमुक्त बनाएको थियो ।

सुरक्षाकर्मी परिचालन गरेका विषयमा ट्रष्टसंँग सोध्नु पर्ने नगरपालिकाले सुरक्षाकर्मीलाई नै उठाएर लैजानु गलत भएको बताउँदै ज्ञवालीले एउटा जिम्मेवार स्थानीय सरकारले कानूनी राज्यको उपहास गरेको भनाइ थियो ।
सरकारको नीतिअनुसार देशभर ट्रष्टका नाममा रहेको सम्पत्ति संरक्षण गर्ने कार्य भएअनुसार भक्तपुरको उक्त जग्गामा पनि ट्रष्टले तीनतिर बोर्ड राखेर ताल्चा लगाई सुरक्षा गार्ड राखेपछि नगरपालिकाले यस्तो गरेको हो ।
नगरपालिकाबाट आएका व्यक्तिले हाम्रो प्रमुखलाई नसोधी किन बोर्ड राखेर बसेको तथा नगरपालिकाको ताल्चा काटेर किन ट्रष्टले ताल्चा लगाएको भन्दै सुरक्षा गार्डलाई अभद्र व्यवहार जबर्जस्ती नगरपालिका लगेको ट्रष्टको भनाइ छ ।

प्रधानमन्त्री संरक्षक रहेको ट्रष्टका सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई घटनाबारे जानकारी गराइसकिएको बताउँदै सदस्य सचिव ज्ञवालीले सुरक्षा गार्ड नहटाइने र स्थायी कार्यालय नै स्थापना गरिने बताए । ट्रष्ट सञ्चालक समितिका सचिव गजेन्द्र ठाकुरले ट्रष्टका नाममा लालपुर्जा रहेको जग्गामा नगरपालिकाले कुनै स्वीकृति नलिई पर्खाल लगाउने र भाडामा लगाउँदै जग्गा हडप्ने प्रयास गरेको बताउँदै ट्रष्टका नाममा १६ जिल्लामा रहेका २७ हजार रोपनी जग्गा संरक्षणको काम भइरहेको बताए ।

यसअघि गत असोज १० गते उपप्रधानमन्त्री पोखरेल र भक्तपुरका सांसद महेश बस्नेतसहितको टोलीले उक्त जग्गाको अनुगमन गरी नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सल्लाघारीको ट्रष्टका नाममा रहेको जग्गा ट्रष्टले नै संरक्षण गर्ने जानकारी गराएको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।