भोलि मन्त्रिमण्डल पूनर्गठन गर्छु, कतैपनि नजानुहोला : प्रधानमन्त्री

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिमण्डल पूनर्गठन गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकमा उनले मन्त्रीहरुलाई यस्तो जानकारी गराएका हुन् । ओलीले भोलि (बुधबार) मन्त्रिमण्डल पूनर्गठन गर्ने जनाउँदै सार्वजनिक कार्यक्रममा कतैपनि नजान आग्रह गरेको बालुवाटार सूत्रले जनाएको छ ।

आजको मन्त्रिपरिाषद बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई क्याबिनेट रिसफल गर्न दबाब रहेको सुनाएका थिए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, “मलाई मन्त्रिपरिषद पूनर्गठन गर्न दबाब छ ।

तपाईहरु मन्त्री भएको पनि २१ महिना पूरा भयो, यो अवधिमा के के गर्नुभयो ? भनेर समिक्षा गर्नुभयो होला, तपाईहरुमध्ये केही दोहोरिनुहुन्छ होला । जे होस, भोलि म रिसफल गर्छु । सार्वजनिक कार्यक्रममा कतैपनि नजानु होला ।”

विश्वस्त सूत्रले दिएको जानकारीअनुसार भोलि प्रधानमन्त्री ओलीले पाँच मन्त्री र दुई राज्यमन्त्रीलाई विदाई गर्दैछन् । यसरी विदाई हुने मन्त्रीमा लालबाबु पण्डित, थममाया थापा, मातृका प्रसाद यादव, चक्रपाणि खनाल र गोकर्ण विष्ट रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।