‘प्रचण्ड’को घरबेटीलाई जेल हाल्छौं : नेम्वाङ

काठमाडौं, ३ मंसिर । सरकारले अब समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले समयमै आयोजना सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताए । उनले भने,‘सरकारले काम नगर्ने र जिम्मेवारी पूरा नगर्ने ठेकेरदारहरुलाई कारबाही गर्छ ।’

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार पछिल्लो समय काम नगरे विवादमा रहेका सबे ठेकेदारहरुलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ ।

उनले भक्तपुर–नगरकोट सडक खण्डको काममा ढिलासुस्ती गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै घरबेटी शारदा अधिकारीलाई पनि कारबाही गर्ने बताए । उनले भने,‘काम नगर्ने ठेकेरदारलाई सरकारले छोड्दैन्, शारदा अधिकारीलाई पनि जेल हाल्छौं । सरकारले कसैलाई छोड्दैन् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।