कृषिमन्त्रीले भने,- म हट्ने निश्चित हो

काठमाडौं, ४ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले आफू मन्त्रीबाट हट्ने कुराको पुष्टि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेको बेला उनले आफू हट्ने निश्चित भएको रिपोर्टर्स नेपालसँगको कुराकानीमा बताए ।

उनकाअनुसार पछिल्लो समय उनी र प्रधानमन्त्री ओलीबीच त्यति बाक्लो कुराकानी र भेटवार्ता पनि भएको थिएन् । ‘प्रधानमन्त्रीसँग कुरा नमिलेपछि म मन्त्रीमा बसिरहन उचित होईन’–उनले भने,‘त्यहीभएर म हट्दैछु ।’

उनले अरु को को हट्दैछन् ? त भन्ने प्रश्नमा आफूलाई त्यसबारेमा खासै जानकारी नभएको बताए । तर, पूर्व माओवादीबाट मन्त्री बनेका मातृका प्रसाद यादवपनि हट्नसक्ने उनको संकेत थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।