केपी ओली ५ वर्ष नै प्रधानमन्त्री, पार्टीको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्न भन्दै बोलाएको नेकपा सचिवालय बैठकले कुनै निर्णय लिन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि मन्त्रीको विषयमा भने टुंगो लगाउन नसकेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रीमण्डल पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएको भन्दै छिट्टै यसबारे प्रधानमन्त्रीले निर्णय लिने विश्वास व्यक्त गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।