‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग’
काठमाडौं । सर्वोच्च अदालतले भारतद्वारा अति क्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको उल्लेख गरेको छ ।
बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको भूभाग’ भएको उल्लेख गरेको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा गरिएको विरोध प्रद र्शनका क्रममा प्रहरीले नियन्त्र णमा लिएका व्यक्तिका पक्षबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई पछिको आदेशमा सर्वोच्च अदालतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई ‘नेपालको भूभाग’ उल्लेख गरेको हो ।
भारतविरुद्धको प्रद र्शनका क्रममा प्रहरीबाट पक्राउ गरिएको टिकाप्रसाद कडेल, बिर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङका पक्षबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलाशले पक्रा उ परेकाहरुलाई थु नामु क्त गर्न आदेश जारी गरेको छ ।


