६ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरियो, यी हुन नयाँ मन्त्रीहरु (नाम सहित)
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गरेका छन् । आज साँझ प्रधानमन्त्री ओलीले ६ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारीअनुसार हटाईएका मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषि तथा पशुपन्छीविकास चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी रहेका छन् ।
प्रधानमन्त्री ओलीले पूर्व एमालेबाट बसन्त नेम्वाङ, घनश्याम भुसाल, पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै, सुर्य चुनाव चिन्हबाट निर्वाचित सांसद हृदयेश त्रिपाठीलाई पनि मन्त्री बनाईएको छ । पूर्व माओवादीबाट लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् ।
स्रोतकाअनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ । भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् । उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ ।




