जाँदाजाँदै भावुक बनाए गोकर्ण बिष्टले,- मान्छेको जीवन त अस्थायी हुन्छ मन्त्रि पद के हो र ? (भिडियो सहित)
काठमाडौं । निवर्तनमा श्रममन्त्री गोकर्ण विष्टले आफ्नो कार्यकालमा सहयोग गरेका सबै कर्मचारीलाई धन्यवाद दिएका छन् । बिहीबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने कर्मचारीदेखि सर्वसाधारणसम्मलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनलाई हटाइएको थियो । मन्त्रीबाट हटाइएपछि बिहीबार आयोजित विदाइ कार्यक्रममा उनले मान्छेको जीवन त अस्थायी हुने भन्दै पद पनि अस्थायी रहने भएकाले अचम्म नलागेको जानकारी दिए । राम्रो काम गर्ने मन्त्रीको सूचीमा परेका उनलाई हटाउनुले कतिपयले वैदेशिक रोजगार व्यवसायीहरुको दबाबलाई लिएका छन् । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ठूलो भूमिका निर्वाह गरेका उनलाई हटाउन म्यानपावर व्यवसायीहरुले प्रधानमन्त्री ओलीलाई दबाब दिँदै आएको चर्चा चल्ने गरेको थियो ।

गोकर्ण बिष्ट ले आफु मन्त्रि पद मा रहे पनि नरहे पनि देश र जनता को पक्ष मा लडिरहने समेत बताएका छन् । आफु राजनीति मा आउनुको कारण मन्त्रि बन्न नभएर देश र जनता को पक्ष मा रहेकाले अहिले मन्त्रालय छोड्दा दुखि नभएको कुरा उल्लेख गरेका छन् । यो २० महिना वैदेशिक रोजगार र श्रम को छेत्र मा काम गर्ने मौका दिएको मा प्रधानमन्त्री लाई समेत धन्यवाद दिएका छन् ।


