जब सरकारी गाडी छाडेर गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किए

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट ट्याक्सीम चढेर घर फर्किएका छन् । मन्त्रीका रुपमा पाएको गाडी सुविधा बिहीवारै फिर्ता गरेर विष्ट ट्याक्सीमा घर फर्केका हुन् । मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा सहभागी भएपछि घर फर्किने क्रममा विष्ट ट्याक्सी चढेका हुन् ।

कार्यक्रममा बोल्दै विष्टले पदमा रहँदासम्म श्रमिक र बेरोजगारका लागि इमान्दारीपूर्वक काम गरेको बताएका छन् । मन्त्री विष्टले जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरेपनि त्यसको अनुभव अहिले गरेको बताएका हुन् ।

‘स्वाभिमानका साथ जनतालाई केन्द्रभावमा राखेर सुधारका पहल उठाइरहेका बेला जनताको पक्षमा काम गर्ने कुरा जोखिमपूर्ण हुन्छ भन्ने अनुमान गरेकै थिएँ, अहिले अझ उचाइमा त्यसको अनुभव पनि गरें,’ विष्टले भने ।

आफू मन्त्री नरहेपनि देशभित्र र देशबाहिर श्रम बगाइरहेका युवाहरूको हितमा आफ्नो आवाज गुञ्जिरहने उनको जिकिर छ । ‘जिन्दगी जनताको हातमा । जतिदिन रहन्छु, सामाजिक काममा रहन्छु, पार्टीको इमान्दार कार्यकर्ताको हिसाबले भूमिका निर्वाह गर्छु,’ विष्टले थपे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।