रेल र पानीजहाज ल्याउँने कामलाई गति दिन्छु : नवनियुक्त यातायातमन्त्री

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गरेका छन् । बिहिवार बिहान सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । नेम्वाङले काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे आफू जानकार रहेको बताए ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त मन्त्री नेम्वाङले भने, ‘नागरिकको हैसियतले काठमाडौं उपत्यका र देशभरको सडक देखेको छु ।’ पूर्वाधार विकासमा जुन गतिमा काम भइरहेको छ, त्यो पर्याप्त नभएको उनले बताए ।

सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गर्नुपर्ने भए गरेर पनि कामलाई गति दिने उनले बताए । नेम्वाङ नेपाल कम्युनिस्ट पार्टी ने क पाबाट पाँचथरबाट निर्वाचित सांसद हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।