म म’रे पनि मैले सुख पाऊने छैन : प्रचण्ड (भिडियो सहित)

काठमाडौं । नेपालमा १० वर्ष चलेको माओवादी युद्धको नेतृत्व लिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले । मुलुकलाई युद्धबाट शान्ति प्रक्रियामा ल्याउन पनि उनैले खेलेका ठूलो भूमिका ।

विस्तृत शान्ति सम्झौता भएको बिहीबार १३ वर्ष पूरा भएको छ । तर, युद्ध पीडितहरुले अझै न्याय पाएका छैनन् । युद्धकालमा बेपत्ता भएको अत्तोपत्तो छैन । व्यक्तिको लुटिएको सम्पत्ति फिर्ता भएको छैन ।

युद्धमा अङ्गभङ्ग भएकालाई उचित व्यवस्था भएको छैन । युद्धमा ज्यान गुमाएकाको आश्रित परिवारलाई उचित व्यवस्थापन हुन सकेको छैन । यसर्थ अझै व्यवहारमा शान्ति प्रक्रिया टुंगिएको छैन । युद्धको नेतृत्व लिएका प्रचण्ड सत्तारुढ पार्टी अध्यक्ष छन् ।

वृहत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई शान्ति सम्झौताका हस्ताक्षरकर्ता मध्ये एक प्रचण्डले े आफू द्वन्द्वकालका सबै घटनामा माफी हुनुपर्छ भन्ने पक्षमा नरहेको जानकारी दिए ।

‘क्षमा गर र विर्स’ भन्ने अवधारणामा अन्तरिम संविधानमा नै व्यवस्था गर्ने चर्चा भए पनि आफूले नै आयोगहरु बनाएर मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरुमा माफी हुनसक्दैन भनेको भन्दै उनले भने, ‘हामीले ब्लांकेट एमनेस्टीको कुरा गरेका छैनौं । गम्भीर अपराधलाई कारबाहीमा लैजानुपर्छ र मात्र शान्ति प्रक्रियालाई परिपक्व ढंगले पूरा गर्न सकिन्छ भन्ने मै हुँ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।