कि रात चाड स म्बन्धि अ न्तरक्रिया स म्पन्न
काठमाडौ,मंसिर ७ । किरात चाड उधौली/उभौली (साकेला) सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम किरायाको सुम्निमा हल कोटेश्वरमा सम्पन्न भएको छ ।

किरात राई प्रज्ञा परिषदको आयोजना र किराया पुर्व अध्यक्ष यसोदा राइको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा मुन्धुम अध्यता/अनुसन्धाता/ लेखक भोगिराज राइले प्रस्तुत गर्नु भएको थियो भने प्रस्तुत कार्यपत्रमा थरगत विभिन्न भाषिक संस्थाका प्रतिनिधि , संस्कृतिकर्मी, सांस्कृतिक अध्ययता अनुसन्धाता, सांस्कृतिक अभियन्ताहरुले छलफल गरेका थिए ।
कार्यक्रममा किरात राई यायोक्खाको अध्यक्ष दिवस राई , महासचिव जनक राई र किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राईले कार्यक्रममा बिषयमाथी बोल्नु भएको थियो ।
सहभागीहरुले अन्तरक्रिया उपलब्धि मुलक रहेको र आगामी दिनमा निरंतरता दिनु पर्ने प्रस्ताव राखेका थिए । कार्यक्रमको निरन्तरताको लागि किराया बेलायतका अध्यक्ष कल्पना राइले रु-२५०००/- आर्थिक सहयोग गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता कुलपति जय कुमार राइले र संचालन सदस्य सचिब डा. तारामणि राइले गर्नु भएको थियो ।


