मन्त्रीमा रहँदा प्रधानमन्त्रीलाई भेट्न नपाउने, मन्त्रीबाट हटेपछि डेरा नपाउने

काठमाडौं । सरकारका मन्त्रीहरु झण्डावाल गाडी चढेको र सुरक्षाकर्मी अघि पछि राखेर घुमेको हेर्दा धेरैका लागि चासो बन्ने गर्छ । शान र मानले कतिपयको फुईँ पनि बढ्ने गर्छ । तर, गणतन्त्र नेपालमा मन्त्री बनेकाहरुको गुनासो छक्क पार्ने खालको छ ।

मन्त्री बन्दा प्रधानमन्त्रीसँग समेत छुट्टै भेटेर कुरा गर्न नपाएको गुनासो समेत सार्वजनिक भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीहरुले भेट्न समेत कमै मात्र पाए । चाहेको समयमा भेट्न नपाउनुमा प्रधानमन्त्री स्वयं र सचिवालयको कारण भनिएको छ ।

हटाइएकी निवर्तमानमन्त्री थममाया थापाले प्रधानमन्त्रीलाई भेट्नै मुश्किल हुनेगरेको बताएकी छिन् । आफूले पटक पटक भेट्न खोज्दा पनि धेरैपटक समय नै नपाएको गुनासो गरिन् । कामबारे भेटेर कुरा समेत गर्न नपाएको उनको भनाई थियो । मन्त्रिपरिषद् बैठकमा बाहेक अरु समयमा मन्त्रीहरुले प्रधामन्त्रीलाई भेट्ने समय नै नपाउने गरेको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीसँग भेट्न नचाहने तत्कालिन मन्त्रीमा मातृका यादव पर्छन् । उनले ओलीलाई पदबाट हटाउन समेत चुनौती दिएका थिए ।
यसैगरी, मन्त्री पदबाट हटेपछि कतिपय मन्त्रीहरु डेरा खोज्दै हिंडेका छन् । मन्त्री हुँदा पुल्चोकस्थित क्वार्टर पाएकाहरुले अहिले डेरा नपाएको अवस्था छ । डेरा खोज्दै हिंडेका मन्त्रीहरुमा मातृका यादव छन् ।

पदमा रहँदा पनि समस्या र हटेपछि अर्को समस्याले मन्त्रीहरुलाई सताउने गरेको छ । त्यसमाथि के के नै कमायो भनेर धेरैको चासो बढ्ने पनि गर्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।