भारतवि’रुद्ध ‘विप्लव’ निकट विद्यार्थीको प्र’दर्शन
बुटवल। भारतीय नक्साविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्र तिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीले बुटवलमा प्र दर्शन गरेको छ। नेपालीभूमि भारतले अ तिक्रमण गरेको भन्दै विप्लव निकट विद्यार्थीहरुले आइतबार प्र दर्शन भएका छन्।
बुटवलकासरकारी तथा सामुदायिक क्याम्पसका सयौं विद्यार्थीहरु प्रद र्शनमा सहभागि भएका थिए। प्रहरीको घेरा बन्दी काबीच विद्यार्थीले ‘लिपुलेक हाम्रो हो’, ‘गो ब्याक इन्ण्डिया’ लगायतका नारा लगाउदै प्रद र्शन गरेका हुन्।
कालिका क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस र सिद्धार्थ बहुमुखीका विद्यार्थीहरु एकैसाथ सडकमा निस्किएका थिए। ठाउँठाउँमा उनीहरुलाई प्रहरीले रोक्ने प्रयास गरेपनि सकेन। अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रिय समन्वय समितिको आयोजनामा बुटवलको योगीकुटी, कालिकानगर, देवीनगर, मिलनचोक, नयाँबसपार्क, गोलपार्कबाट एकैसाथ विरोध जुलुस निकालिएको थियो।
समन्य समितिका संयोजक विरेन्द्र विकले नेपाली सीमा बचाउनका लागि दबाबमुलक र्याली निकालिएको जानकारी दिए। उनले विद्यार्थीको द;बा;बमुलक कार्यक्रम निरन्तर चलिरहेने समेत बताए। क्रान्तिकारीले बुटवलको पुष्पलाल पार्क र मिलनचोकमा कोणसभासमेत गरेको हो।


