पर्यटन मन्त्री योगेश भट्टराईको आग्रह- विदेश जाँदा गिफ्ट लानुस्, विदेशीलाई दिनुस्, नेपाल घुम्न पठाउनुस् (भिडियो सहित)
पर्यटन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा जारी बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन बोर्ड सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको छ ।
बैठकमा सुरक्षा ब्यबस्था ,कार्यक्रम निर्माण तथा ब्यबस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भैरहेको छ । साथै बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा नियुक्त हुनुभएका पदाधिकारीलाई स्वागत गरिने छ ।
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोलुखुम्बुका बच्चु नारायण श्रेष्ठलाई सदस्य सचिवको रुपमा नियुक्त गरेको छ । बैठकको अन्त्यमा पर्यटनमन्त्रि भट्टराईले मातहतका सबै निकायलाई निर्देशन दिने कार्यसूची रहेको छ ।


