उपेन्द्र यादवको सरकार मोह, कानून मन्त्रालयपनि छोडेनन्

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवार खोसेर कानून, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी दिएको पाँच दिनपछि आज यादवले कानून मन्त्रालयमा पुगी पदभार सम्हालेका छन् ।

धेरैले मन्त्रिमण्डल हेरफेरपछि समाजवादी पार्टीले सरकार छोड्नेबारे लख काटेका थिए । तर, पार्टीबाट सरकारको नेतृत्व गरेर सरकारमा गएका यादवले धेरैलाई आश्चर्य तुल्याउँदै सरकारमा बसिरहने मोह देखाईदिए ।

हालै बसेको पार्टीको संघीय परिषद र केन्द्रीय कार्यसमिति बैठकले पनि सरकार छोड्नको लागि दबाब दिएको थियो । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि पार्टीले तत्काल सरकार छोड्दा नै राम्रो हुने प्रस्ताव पेश गरेका थिए । तर, यादवले भने सरकारमा बस्ने अडान कायम राखेका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्दा यादव भारत भ्रमणमा थिए । यादवलाई ‘खाए खा, नखाए घिच’ जस्तो गरी स्वास्थ्यमन्त्रालयको जिम्मेवारी खोसेर कानून मन्त्रालयको जिम्मेवार दिएका थिए । मन्त्रिमण्डल हेरफेर गरेको पाँच दिन बितिसकेपछि यादव आज कानून मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । उनले पदभार सम्हालेलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आफूलाई धेरै माया गरेको बताएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।