प्रधानमन्त्री ओलीको ए’पेन्डिसाइटिसको अ’परेशन स’कियो

काठमाडौ, १० मंसिर । ए’पेन्डिसाइटिस भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अ’प्रेशन स’किएको छ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भा’स्कुलर एण्ड ट्रा’न्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अ’प्रेशन सम्पन्‍न भएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रधानमन्त्रीको ए’पेन्डिसाइटिसको अ’प्रेशन गरेका हुन्।

प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या सिंहको टोलीले पनि अप्रेशन थिएटरमै रहेर निगरानी गरेको थियो बताइएको छ । डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्र’त्यारोपण गरेको थियो।

प्रधानमन्त्रीको ए’पेन्डिसाइटिसको अप्रेशनका लागि त्रिवि शिक्षण अस्पतालबाट डाक्टर भण्डारीको नेतृत्वमा चिकित्सक मगाइएको थियो। सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रधानमन्त्रीलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो। अहिले उहाँको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।