प्रधानमन्त्री ओली भे’न्टिलेटरमा, नेताहरुले भेट्न पाएनन्

काठमाडौँ, १० मंसिर । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ ।

अप्रेसन अगाडि नै एपेन्डिसाइटिस फुटेको र शरिरमा संक्रमणको जोखिम भएकाले भेन्टिलेटरमा राखिएको स्रोत बताउँछ । सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । तर मंगलबार बिहान मात्र उनलाई अस्पताल लगिएको थियो । अस्पताल जान ढिलो हुँदा एपेन्डिसाइटिस फुटेको आँकलन गरिएको छ । एपेन्डिसाइटिस फुटेर हुने संक्रमणलाई गम्भीर मानिन्छ ।

प्रा. डा. पलेशवान जोशी लाखेको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा पेटमा जमेको करिब आधा लिटर पिप हटाएका थिए । ओलीलाई विशेष निगरानीमा राखिएो अस्पताल स्रोत बताउँछ । अस्पतालले जारी गरेको बिज्ञप्तीमा उनको अवस्था स्थिर छ । उनलाई भेट्न नेताहरु अस्पताल पुगेपछि भेट गर्न दिइएको छैन ।

मिर्गाेलाको रोगबाट समेत पीडित ओलीले सोमबार मात्र ग्रान्डि अस्पताल गएर डायलसिस गरेका थिए । दृष्टिबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖