कालापानीको सवालमा देउवा कडा रुपमा प्रस्तुत भए, भने- सीमा लिम्पियाधुरा हो

धरान । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कालापानीको सवालमा कडा रुपमा प्रस्तुत भइरहेका छन् । उनले नेपालको सीमा लिम्पियाधुरासम्म भएको भन्दै सरकारलाई कुटनीतिक पहल नगरेको आरोप लगाए ।

आफ्नो पालामा महाकाली सन्धी भएको उल्लेख गर्दै सीमा लिम्पियाधुरासम्म भएको बताए । उनले भने, ‘महाकाली सन्धी म प्रधानमन्त्री हुँदा भएको हो र त्यतिबेला पानी आधा आधा हुने उल्लेख थियो ।’ आफूले बराबरको अधिकार स्थापित गर्न सकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली कालापानी मिचिंदा समेत गम्भीर नबनेको आरोप लगाए ।

सरकार कामभन्दा हल्लामा सिमित भएको देउवाको आरोप थियो । सरकार असफल भएकोले काँग्रेसका सामु जिम्मेवारी आएको उनको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।