सीमा क्षेत्रमा थप सु’रक्षा चौकी राखिने : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाली भूभाग जोगाउन सरकारले सीमा क्षेत्रमा थप सुरक्षा चौकी राख्न लागेको बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज ‘सीमा बचाऔँ अभियान राष्ट्रिय परिषद् नक्सा समिति’को ज्ञापनपत्र बुझ्नुहुंदै मन्त्री थापाले नेपाल—भारतको सीमा समस्या नयाँ नभएको उल्लेख गर्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो भन्नेमा यथेष्ट प्रमाण रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले हाल ३०–३५ किलोमिटरको फरकमा रहेका ‘सीमा सुरक्षा निगरानी चौकी’को दूरी घटाएर १० किलोमिटरमा झार्न लागिएको जानकारी दिनुभयो ।

सीमा बचाऊ अभियानले सीमामा चौकी र सुरक्षाकर्मी थप्नुपर्ने, सरकारी कार्यालयमा विवादित नक्सा हटाएर नयाँ नक्सा राख्नुपर्ने, लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्रमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न कूटनीतिक पहल बढाउनुपर्ने, यसका लागि विज्ञ टोली गठन गर्नुपर्ने, प्रधानमन्त्री तहबाटै वार्ताको पहल शुरु गर्नुपर्ने लगायतका आठ बुँदासहितको माग राखेको छ ।

यसैगरी सीमा बचाऔ अभियान नेपालले आजै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई भेट गरी कालापानी लिपलेक र लिम्पियाधुरा नेपालको रहेको तथ्य प्रमाणसहित स्वेतपत्र जारी गर्न तथा कालापानी, लिपुलेक र लिम्पियाधुरा स्पष्टसँग देखिनेगरी नक्सा जारी गर्न माग गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।