आठ किलो सुनसहित चिनियाँ नागरिक प क्राउ
काठमाडौं, १३ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो अ वैध सुनसहित दुई चिनियाँ नागरिक प क्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित दुई चिनियाँ नागरिकलाई प क्राउ गरेको हो ।
नियमित जाँचका क्रममा उनीहरुलाई प क्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । हङकङबाट आएको नेपाल एयरलाइन्सको विमानबाट आएका चिनियाँ नागरिकहरुलाई विमानस्थल भन्सारका अधिकारीले बिहीबार राति ११ः४० बजे पक्राउ गरेका हुन् ।
प क्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।
प क्राउ परेका दुबैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अरु हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


