काष्ठमण्डप पुनःनिर्माणका लागि थप काठ धनगढीबाट ल्याइने

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणका लागि अभाव भएको आवश्यक आठ हजार क्युफिट काठ धनगढीबाट ल्याइने भएको छ । अगुप भएको काठ आगामी पुस १५ सम्ममा ल्याइने तयारी गरिएको छ । उक्त मितिसम्म काठ ल्याउन नसके पुनःनिर्माणको काम रोकिने छ ।

छानाका लागि काठको समस्या भएको र त्यसका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा उक्त स्थानबाट काठ ल्याउने तयारी गरिएको हो । निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोकामा बट्टा कुद्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

त्यसैगरी अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ । “अहिले मुख्य चार थाम राखी बिचमा गारो लगाउने काम सकिएको छ”, उहाँले भन्नुभयो । समयमा नै काठको व्यवस्था भए यसअघिको भन्दा तीव्ररुपमा काम हुने जनाइएको छ । निर्माणका लागि अहिले दैनिक ३० कामदारले नियमितरुपमा काम गरिरहेका छन् ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रुपमा सो सम्पदाको पुनःनिर्माण शुरु गरिएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ ।

उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । चार वर्षभित्र निर्माणकार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।