जनताका घरदैलोमै तीन तहका सरकार पुगेको छ : मुख्यमन्त्री राई

इलाम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताका घरदैलोमै तीन तहका सरकार पुगेको बताउनुभएको छ ।

आज यहाँस्थित प्रदेश नं. १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम हुनेछ भन्नुभयो ।

मुख्यमन्त्री राईले पर्यटकीय सम्भावनाको हिसाबले प्रदेश नं १ निकै धनी रहेकाले भ्रमण वर्ष–२०२० मा राखेको लक्ष्यअनुसारको पर्यटक भित्र्याउन प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सबै नेपालीलाई आ–आफ्नो संस्कृति र धर्म मान्ने अधिकार रहेको भन्दै उहाँले यस महोत्सवले भ्रमण वर्षको स्वागत गरेको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖