देशको प्रतिष्ठामा आँ’च नआउने गरी सु’रक्षा दिनुपर्छ : महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले साग प्रतियोगितामा भाग लिन आउने खेलाडीको आगमनको समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।

महानिरीक्षक खनालले नेपाल आउने पाहुनालाई बिना झन्झट कुनै अप्ठेरो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारका साथ छिटोछरितो सेवा प्रदान गर्नुपर्नेमा जोड दिदैं अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता र विशिष्ट पाहुनाको सुरक्षा र सेवा प्रदान गर्ने यस विशेष अवस्थाको दायित्वलाई अवसरका रुपमा लिई सकारात्मक सन्देश जाने गरी स्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

उहाँले विमानस्थलमा हुनसक्ने अवैध तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कुनै कसर नराखी काम गर्नुपर्ने बताउनुभयो ।

निरीक्षणको क्रममा महानिरीक्षक खनालले विमानस्थलस्थित सुरक्षा उपकरण र साधनस्रोतको अवलोकन गरी यस सम्बन्धमा थप जानकारी लिनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖