कोशीटप्पुदेखि ताप्लेजुङसम्म ट्रेकिङ रुट खोल्छौं : मन्त्री भट्टराई

वराहक्षेत्र । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्राकृतिक पर्यटनको असीमित सम्भावना भएको सुनसरीको कोशीटप्पुबाट ताप्लेजुङ जिल्लासम्म ट्रेकिङ खोल्न नेपाल सरकार सकारात्मक भएको बताएका छन् ।

सोमबार वराहक्षेत्र–९ राजबासस्थित कार्यालय भवनको उद्घाटन गर्ने क्रममा मन्त्री भट्टराईले त्यस्तो बताएका हुन् । कोशीटप्पुबाट धनकुटा, पाँचथर, इलाम हुँदै ताप्लेजुङको कञ्चनजङ्घासम्मको भूभाग साहसिक पदयात्रा महत्वपूर्ण हुने बताए । यस क्षेत्रको विकास गर्नसके लाखौं पर्यटक भित्रयाउन सकिने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले २०२२ सालको कोशी बाढी पीडितले जनताको उठीबास भएर र जनता सकुम्बासी भएकाले र रामधुनीदेखि चतराधाम, धरान हुँदै इटहरीसम्मको धार्मिक सर्किट पर्यटकीय कोरिडोर निर्माणको लागि प्रदेश सरकारले धार्मिक सर्किट बनाउने योजना रहेको बताए । उनले सङ्घीय सरकारको पनि सहयोग आवश्यक रहेको बताए ।

मन्त्री योगेशले भारत सरकारको संरचनाले कोशी क्षेत्रमा बसोबास गर्ने नेपालीले दुःख पाएको बताउँदै २०२२ सालको कोशी बाढी पीडितको समस्याप्रति सरकार गम्भीर भएको बताए । वराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले वडाको कार्यालय भवनको लागि ५ कठ्ठा जग्गा दान गर्ने जग्गा दाताहरू तिलकबहादुर लिम्बू, सिंह राई साम्पाङ र स्वर्गीय मानजबहादुर राईलाई सम्मानित गरियो ।

वडाको ३ सय ९७ जना दलित तथा अन्य ज्येष्ठ नागरिकलाई सम्मान गर्दै कम्बल प्रदान गरेका थिए । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा, सामुदायिक विकास कार्यक्रम सिडीपी र आरआरएन कार्यक्रम अन्तर्गत २ तल्ले पक्की भवन १ करोड ३६ लाख ३६ हजार ६ सय ३ रुपैंयामा निर्माण गरिएको वडाध्यक्ष दीपककुमार लिमकुले बताए । भवन निर्माण भएपछि वडाको १५ सय २५ घरधुरीका ७ हजार २८ जना प्रत्क्षय लाभान्वित हुने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖