नेकपाका सांसद बैठकमै बे’होस

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश सांसद जगत सिंखडा बे’होस भएर अस्पताल भर्ना भएका छन् । आज बसेको मजदूर विशेष जिल्ला कमिटीको बैठकमै बे’होस भएका उनलाई थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

उनको उपचारमा संलग्न बरिष्ठ मुटुरोग विशेष डा. शिवजी विक्रम सिलवालले भीर मौरीको महले मुटुमा हार्ट ब्लक सिंखडा बेहोस भएको बताएका छन् । अहिले सिंखडाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको रहेको डा सिलवालले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

उनले भने,‘भीर मौरीको महले उहाँको हार्ट ब्लक भएर बेहोस हुनुभयो ।’ उनकाअनुसार सिम्खडाको स्वास्थ्यमा अहिले सुधार भएको छ । उनले भने,‘७२ घण्टा राखेर घर फर्काउँछौं ।’ सिंखडा प्रदेश तीनका सांसद हुन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मजदूर विशेष जिल्ला कमिटीका अध्यक्ष हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।