पदभार ग्रहणसँगै नवनि’र्वाचित वडाध्यक्षको नि’र्णय,- विद्युतिय चुल्हो र खानेपानीको धारा जडानमा ५० प्रतिशत छु’ट
धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग्रहण गरेका छन् ।
सुवेदीले पदभार ग्रहण गर्दै वडाबासीलाई विद्युतिय चुल्हो र खानेपानीको धारा जडानमा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् । ‘आर्थिक अवस्था कमजोर भएका दलित जनजाति तथा विपन्न परिवारलाई विद्युतिय चुल्हो र खानेपानी जडानमा प्रयोग हुने मिटर खरिदमा ५० प्रतिशत रकम अनुदान गर्ने’ निर्णय गरेको औजारमा खबर छ।
पदभार ग्रहण कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी, निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार पोखरेल, नेकपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाध्यक्ष जीवन सुवेदीले जनताले दिएको जिम्मेवारीलाई इमान्दारीताकासाथ पूरा गर्ने बताए । उनी यस अघि वडासदस्य भइ वडाको कार्यवाहक अध्यक्ष समेत रहेका थिए ।
उनी वडा सदस्यबाट राजिनामा दिएर वडाध्यक्षकालागी चुनाव लडेका थिए । उनले नेपाली कांग्रेसका सुवर्णमोहन पलिखेलाई एक मतले पराजित गरी निर्वाचित भएका थिए । कार्यक्रममा कार्यवाहक मेयर मञ्जु भण्डारीले जनप्रिय कामकालागि शुभकामना दिएकी छिन् । उनले नवनिर्वाचित वडाध्यक्षलाई वडाको विकास र जनताको चाहाना बमोजिम कार्य गर्नका लागि शुभकामना दिएकी छन् ।


