७ हजार घु स लिदाँ लिदै विराटनगरबाट असई प क्राउ !

विराटनगर: मोरङ प्रहरीबाट खटिएको सिआरभीको आसाइ श्याम कुमार दाहाल घु’स सहित अख्तियारको टोलीले विराटनगरस्थित घाँस चौकबाट पक्राउ गरेको छ। विराटनगर स्थित गुद्रि बजारमा आउने व्यापारीलाई तरकारी चे’कजाँच नगर्ने भन्दै व्यापारीसँग ७ हजार रुपैयाँ घु’स लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले बुधबार असाइ दाहाललाई रं’गेहात प’क्राउ गरेको हो ।

प’क्राउ परेका असइ दाहाल केसेलियाका सिआरभी हुन् । उनको ने’तृत्वमा केसेलियामा ११ जनाको टो’ली रहेको छ । भारतबाट आयत भएको तरकारी चे’कजाँच नगर्ने भन्दै व्यापारीसँग असइ दाहालले घु’स रकम लिने क्रममा अख्तियारले नि’यन्त्रणमा लिइएको प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । दाहालले तरकारी व्यापारीसँग घु’स मा’गेपछि उनी वि’रुद्ध अख्तियारमा उ’जुरी गरिएको थियो ।

प्रवक्ता ढकालका अनुसार दाहालामथि थप अनुसन्धान सुरु भएको छ । इलामबाट स’रूवा भएर दुई महिना अगाडी मोरङ प्रहरी कार्यालयमा दाहाल आएका हुन् । दाहाललाई मोरङ प्रहरीले केसेलियाको सिआरभीमा ख’टाएको थियो । यस अघि पनि अख्तियारको टो’लीले मोरङको जहदा गाउँपालिका–१ का का’र्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घु’ससहित रं’गेहात पक्राउ गरेको छ ।

सडक योजना स’म्झौता गर्ने क्रममा २१ हजार रुपैया घु’स मागेको सूचना पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टो’लिले तीन साता अगाडी पक्राउ गरेको थियो । दुईलाख रुपैयाको सडक निर्माणका लागि यो’जना स’म्झौता गर्न आएको प’क्षसँग का’र्यालयमै घु’स मा’गेका थिए । जहदा १ का वडा अध्यक्ष प्रदिपचन्द्र यादव व्यक्ति ह’त्याको आरोपमा फ’रार रहेपछि साहले का’र्यवहाकको जि’म्मेवारी स’म्हाल्दै आएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।