विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिन सकियो : उपप्रधानमन्त्री

इलाम । उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताउनुभएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा आज आयोजित आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवमा उहाँले देश पूर्णरूपमा सङ्घीयतामा आगाडि बढेको बताउनुभयो ।

स्थानीय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने दावी गर्दै मन्त्री पोखरेलले स्थानीय सरकारले नसके प्रदेश सरकारसमक्ष माग गर्ने र प्रदेशले पनि नसके केन्द्र सरकारसमक्ष विकासका लागि माग गर्नुपर्ने बताउनुभयो । “तर तीन तहका सरकारका बीचमा तालमेल हुन अत्यावश्यक छ”, उहाँले भन्नुभयो ।

केन्द्र सरकारले मात्र विकास गर्छ भन्ने कुराको अन्त्य हुन जरुरी रहेको उहाँको धारणा छ । देशमा समृद्ध नेपाल र सुखी नेपाली भन्ने कुरा नारा मात्र नभएर यही सरकारले कार्यान्वयन गरेर देखाउने भन्दै उहाँले प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कृषिमा आधुनिकीकरण र व्यावसायीकरणमा समेत सबै सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

किराँत धर्मवालम्बीका धर्मगुरु फल्गुनन्दका अवतारका रूपमा परिचित आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले सरकारले सबै जाति र धर्मलाई समानरूपमा लिने बताउनुभयो । महागुरु फल्गुनन्दको ज्योति हिजो, आज र भोलि पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै निभ्न दिनु नहुने उहाँले बताउनुभयो । देशमा १२४ जातजाति र १०० बढी भाषाभाषीहरु रहेको बताउँदै उहाँले कुनै एक भाषा, धर्म र जातजातिको अस्तित्व मात्र बचाउन नलाग्ने जिकिर गर्नुभयो ।

संविधानसभाका अध्यक्ष तथा नेकपा संसदीइ दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि महागुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले पवित्र स्थान भएर आवतजावत हुने दमक–रवि सडक पनि अबको तीन वर्षभित्रमा कालोपत्र भइसक्ने बताउनुभयो । यस सडकभित्र पर्ने सबै खोलाहरुमा पक्की पुल पनि आगामी माघ महिनाभित्रमा शिालन्यास भइसक्ने बताउँदै उहाँले अब यहाँ विकासको शुरु भइसकेको बताउनुभयो ।

जन्मोत्सवको अवसरमा गुरु आत्मानन्द लिङ्देनले प्रवचनसमेत दिनुभएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति इलामका सभापति गणेश बराल, माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।