अ पाङ्गता भएका विद्यार्थीको स हारा बन्दै सुन्दरहरैंचाका सङ्घ संस्था

विराटचोकः ‘दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै क्रममा बुधबार मोरङको सुन्दरहरैंचा नगरपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री साथै खाद्यान वितरण गरिएको छ ।

बुधबार आशा नेपाल, सामाजिक सेवाका लागि युवा अभियान नेपाल, र मानव अधिकार संरक्षण मञ्च नेपालले वडा नम्बर ७ मा रहेको साजीलाल आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

सो विद्यालयमा अपाङ्गता भएका १७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भएका विद्यार्थीलाई कपी, पेन्सिल, अपाङ्गता भएका व्यक्तिलाई पढ्न र बुझ्न सजिलो हुने ब्लक, वितरण गरिएको हो । विद्यालयको लागि एउटा दराज पनि दिइएको थियो ।

यस्तै विद्यालयम नै दिवा खाजाको व्यवस्था खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अमिष ढकाल रहेका थिए । ढकालले अपाङ्गता भएको व्यक्तिको आँखामा देश निर्माण गर्ने बौद्धिकता भएकाले यस्ता व्यक्तिको संरक्षण तथा दायित्व राज्यको भए पनि सामाजिक संस्थाले गर्नु अत्यन्तै उदाहरणीय र प्रशंसनीय कार्य भएको बताए ।

यस्तै, विशिष्ट अतिथि, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य सिटौलाले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने बताएका थिए । कार्यक्रमका अतिथि लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष नागेश पोख्रेलले आफ्नो तर्फबाट विगतमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष भीमा खतिवडाले सुन्दरहरैंचा नगरपालिकामा अपाङ्गता भएका बालबालिका ४० जनाभन्दा बढी रहेका तर उनीहरुलाई सहज तरिकाले विद्यालयसम्म ल्याउने यातायातको व्यवस्था नभएको बताइन् ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष जीवन ढुङ्गाना, वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, साना किसान कृषि सहकारी संस्थाका सुन्दरपुरका अध्यक्ष रवीन्द्र आचार्य, जुनियर जेसीजका अध्यक्ष उत्सव थापा, अपाङ्गता नगर समन्वय समितिकी सचिव मीना आचार्य लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमका अध्यक्षता आशा नेपालका कार्यवाहक अध्यक्ष अनुरोध शाहले गरेका थिए । कार्यक्रममा शाहले शिशुको जन्मपछि शिक्षा, स्वास्थ्य र बाँच्ने नैसर्गिक अधिकार भए तापनि राज्यबाट उपेक्षित भएकाले सामाजिक संस्थाहरुले पहिचान गरी सहयोग गरेको र राज्यले उचित सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य मानव अधिकार संरक्षण मञ्च नेपालका अध्यक्ष टेकराज तिम्सिनाले गरेका थिए । कार्यक्रमको व्यवस्थापन निष्पक्ष खबर अनलाइनले गरेको थियो । कार्यक्रम सञ्चालन सामाजिक सेवाका लागि युवा अभियान नेपालका अध्यक्ष ज्ञाननाथ ढकालले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।