योगेश भट्टराईको रातदिनको खटाई, २० लाख पर्यटन भित्राउने तयारी (भिडियो सहित)

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन २०२० पर्यटन वर्षको रुपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रुपमा विकास गर्ने योजना सहित मनाउन लागिएको जानकारी दिएका छन् ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरुसँग बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा छलफल गर्दै अवको एक दशक पर्यटनको लागि जोड दिने बताएका हुन् । उनले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने तथा पूर्वाधार निर्माणमा जोड दिने बताएका हुन्।

उनले त्यसका लागि सबै राजनीतिक दलहरुलाई आफ्ना नेता, कार्यकर्ता, विदेश स्थित निकायहरुलाई परिचालन गर्नु आग्रह गरेका छन् । त्यस्तै उनले विदेश भ्रमणमा जाँदा कम्तीमा पनि भ्रमण वर्ष २०२० को बारेमा देशका तर्फबाट कुरा राख्न र उपाहार उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गरेर मात्र जान आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारले मनाउन लागेको पर्यटन वर्षमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताएका छन् । उनले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई मन्त्रालयले अवैतनिक स्वयंसेवकको रुपमा कृयासिल बनाउन सक्ने बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।