परिवर्तनकारी खु’म्चिए, यथास्थितिवादी हौ’सिए : प्रचण्ड

धनगढी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको गुनासो पोखेका छन्।

आज (शुक्रबार) धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै उनले भभने,‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो । तर भएन ।’

अध्यक्षले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेकालाई विदाई गर्न नसक्नु ठूलो कमजोरी भएको बताए । धनगढीमा आयोजित उक्त सम्मेलन छिट्टै अर्को एउटा लगानी सम्मेलनको तयारीको रुपमा आफूले बुझेको उनले बताए । अध्यक्ष प्रचण्डले हिजो राज्यबाट पछि पारिएका जनताको योगदान अरु कसैको भन्दा कमी नभएको भन्दै बरु बढी भएको बताए ।

कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘उनै मूख्य सचिव, उनै सचिव ९राजनीतिक परिवर्तन अघिका० अनि कसरी हुन्छ परिवर्तन रु’ कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गर्दै अध्यक्षले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने बताए।

अध्यक्षले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको पनि उनले बताए । राजनीतिकरुपमा ठूला–ठूला उपलब्धी हासिल गरे पनि कर्मचारीतन्त्रलाई आफू अनुकुल चलाउन नसक्नु हात्ती र्छियो पुच्छर अड्क्यो भनेजस्तै भएको अध्यक्ष प्रचण्डको भनाई थियो । ६२र६३ अगाडिका राजनीतिक परिवर्तनपछि कर्मचारीतन्त्र हाबी भएकै कारण उपलब्धी गुमेको बताएका अध्यक्षले फेरि पनि त्यस्तो अवस्था आए दुर्भाग्य हुने बताए। कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताएका उहाँले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको पनि बताए ।

अध्यक्षले भने, ‘तपाईहरुले रेकर्ड हेरे हुन्छ, सबैभन्दा बढी अन्तर्क्रिया यस क्षेत्रमा मैले गर्ने कोसिस गरेँ ।’ सुदूरपश्चिम विश्वविद्यालय निर्माण गर्ने र शिक्षा क्षेत्रलाई विस्तारै हबको क्षेत्रमा आफूले पहल गरेको भन्दै त्यसले मूर्त रुप लिएको उनको भनाई थियो । लोकतान्त्रीक समाजको परिकल्पनालाई पूरा गर्नका लागि नीजि क्षेत्रलाई ढुक्कसँग लगानी गर्ने वातावरण र लगानी सुरक्षित हुने वातावरण सरकारले बनाउनपर्ने उनको जोड थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।