गाइघाटमा १ नम्बर प्रदेशकै ठूलो बसपार्क

उदयपुर । एक नम्बर प्रदेशकै सवै भन्दा ठुलो वसपार्क उदयपुरमा वन्ने भएको छ । गाईघाट वजारमा बसपार्क बन्ने भएको हो। बजेटको अभावमा पूर्णता पाउन नसकेको बरुवा नदी किनारमा बन्न लागेको उक्त बसपार्क सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले निर्माण निर्माण र व्यवस्थापन कार्य सुरु गरेको हो ।

यसअघि टिकट काउन्टर हाउसको निर्माण भएको बसपार्कमा बालमैत्री तथा अपाङ्गमैत्री शौचालय र प्रतीक्षालय निर्माण गरि पूर्वाञ्चलकै नमुना बसपार्कको रूपमा निर्माण गर्न लागिएको आयोजनाका इन्जिनियर ब्रह्मदेव चौधरीले जानकारी दिए ।

करिब १५ करोडको लागतमा काउन्टर र प्रशासनिक भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले ३० महिनाभित्र बसपार्क निर्माण सम्पन्न गरि सक्ने गरी गत असारमा आयोजना कार्यालय र निर्माण कम्पनीबीच सम्झौता भएको आयोजनाका प्रमुख चौधरीले बताए ।

सुनसरीको चतरा, गाईघाट, कटारी, सिन्धुली, हेटौँडा हुँदै राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गअन्तर्गत र सगरमाथा राजमार्गमा सञ्चालन हुने सवारीका साधनलाई समेत आगामी दिनमा पार्किङ गर्ने लक्ष्यका साथ बसपार्क निर्माण गर्न लागिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी बताए ।

‘शहरी विकास मन्त्रालयले बसपार्क निर्माण गर्न रकम विनियोजन गरेपछि नक्सांकन गरेर निर्माण तथा व्यवस्थापनमा रमण आइएसएलवी जेभिले ठेक्का लिएर निर्माण सुरु अगाडि बढाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।