माघ ९ गते राष्ट्रियसभा सदस्यको चुनाव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि गर्नुपर्ने चुनावका लागि माघ ९ गते प्रस्ताव गरेपछि सरकारले त्यस अनुसारको निर्णय गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिति प्रस्ताव गरेका हुन् ।

राष्ट्रियसभामा २० फागुनबाट एक तिहाई सदस्यको कार्यकाल सकिदैछ । त्योभन्दा ३५ दिन अगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । आयोगले सरकारलाई त्यसबारे जानकारी गराएपछि मन्त्रिपरिषदले मितिबारे निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेख्ने बुझिएको छ ।

राष्ट्रियसभाका एक तिहाई सांसदको कार्यकाल फागुन २० बाट सकिदैछ । म्याद सकिनुभन्दा ३५ दिन अगावै माघ १५ भित्र चुनाव भइसक्नुपर्छ । २१ फागुनमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको सपथग्रहण गराउनुपर्ने हुन्छ । ३५ दिन अगाडि नै राष्ट्रियसभाका नयाँ सांसदहरु चुनिइसक्नुपर्छ ।

२० फागुनबाट नेकपाका ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसदको पदावधि सकिदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।